- मार्गदर्शन अनुसार वार्षिक स्वीकृत कार्यक्रम संचालन गरी नियमित रुपमा प्रतिवेदन पेश गर्ने,
- जिल्लाको कृषि तथ्याङ्क प्रोफाइल तयार तथा अध्यावधिक गर्ने,
- स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरुलाई तालीम तथा क्षमता अभिवृद्धि गर्ने,
- व्यावसायिक किसान, उद्यमी तथा कृषि फार्म संचालकको लागि तालीम तथा क्षमता अभिवृद्धि गर्ने,
- आधुनिक तथा उन्नत कृषि प्रविधिको प्रवर्द्धन सम्बन्धी कार्यहरु गर्ने,
- माटो तथा मल, बीउ तथा बाली संरक्षण सम्बन्धी सामान्य प्रयोगशाला सेवा प्रदान गर्ने,
- कृषि विकास कार्यक्रम तथा आयोजनाको कार्यान्वयन गर्ने,
- कार्य क्षेत्रभित्र प्राविधिक सेवा उपलब्ध गराउने,
- बाली वस्तु विकासको योजना, मुल्य अभिवृद्धि श्रृङ्खला विकास तथा कार्यान्वयनको समन्वय गर्ने,
- स्थानीय कृषि विविधताको पहिचान, संरक्षण तथा उपयोग गर्ने,
- विभिन्न बालीनालीका रोग किराहरुको संकलन, पहिचान तथा पेष्ट म्याप तयार गर्ने,
- बीउ, विषादी तथा मलखाद विक्रेताहरुको अनुमति, नवीकरण तथा अनुगमन गर्ने साथै तिनीहरुको क्षमता अभिवृद्धि गर्ने,
- कार्य क्षेत्रभित्र रहेका श्रोत केन्द्रहरु, फलफूल तथा तरकारीको नर्सरीहरुलाई प्राविधिक सेवा प्रदान गर्ने,
- बाली बिरुवा/नर्सरीहरुको प्राविधिक अनुगमन गरी प्रतिवेदनका आधारमा निरोगिताको प्रमाणपत्र उपलब्ध गराउने तथा सो कार्यको नियमन गर्ने,
- गुणस्तरीय बीउ उत्पादन एवं वितरण व्यवस्थापन सहजीकरण गर्ने,
- कृषि सामाग्रीको आपुर्ति स्थितिको नियमित अनुगमन गरी निर्दशनालय/मन्त्रालयलाई विवरण पठाउने,
- कृषि उपज बजार पूर्वाधार विकास तथा व्यवस्थापनका कार्यहरु गर्ने,
- व्यावसायिक फर्म, बिमा, कृषिजन्य उद्योगमा विद्युतिकरण, विषादी विक्रेता लगायत अन्य सिफारिस प्रदान गर्ने,
- खाद्य सुरक्षाको अवस्थाको अनुगमन तथा विश्लेषण गरी निर्देशनालय/मन्त्रालयलाई विवरण पठाउने,
- कृषक वर्गीकरण सम्बन्धी कार्यहरु गर्ने,
- संघीय एवं प्रादेशिक कृषि सम्बन्धी ऐन, निति, नियम, नियमावली, निर्देशिका सम्बन्धी सरोकारवालाहरुलाई सुसूचित गर्ने/गराउने,
- नेपाल कृषि अनुसन्धान परिषद्सँग समन्वय गरी बाह्य अनुसन्धान स्थलको रुपमा कार्य गर्ने,
- कृषकलाई विज्ञ/विशेषज्ञ सेवा प्रदान गर्ने,
- आगामी आर्थिक वर्षको योजना तर्जुमा गरी प्रविष्ठि गर्ने,
- मन्त्रालय तथा निर्देशनालयबाट तोकिएको तथा निर्देशित अन्य कार्यहरु गर्ने.